१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने

४ चैत, काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ ।

कम्पनीले सो सम्बन्धी प्रस्ताव पारित गर्न चैत १९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सेयर परिमार्जन गर्ने प्रस्ताव पारितका लागि सभा बस्ने निर्णय गरेको हो ।

सभा आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहानको ९ बसे बस्नेछ । उक्त सभामा प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुको फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नुपर्ने भएमा सो अनुसार संचालक समितिलााई सम्पूर्ण अख्तियारी प्रदान गर्ने पनि एजेण्डा रहेको छ ।

प्रकाशित मिति : March 18, 2026 at 9:14 am