क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी
४ चैत, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका हुन ।हालको विषम परिस्थितीले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनीहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थिति बारे प्रकाश पारेका छन् ।
रुबियोले टापुको अर्थतन्त्र नियमसंगत र राजनीतिक तथा सरकारी प्रणाली रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनु भएको छ ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले उक्त टिप्पणीलाई आफ्नो देश विरुद्धको अमेरिकी धम्कीको रूपमा आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत क्युबाले जस्तो सुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताउनु भएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १४:१२













