२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

रवि लामिछानेकाे चुनाव खर्च ९ लाख ८९ हजार

२७ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाउनुभएकाे छ । लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाउनुभएकाे हाे ।

चितवन-२ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गर्नुभएकाे हाे  । लामिछानेले मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा ईन्धन खर्च २ लाख ९५ हजार , मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ।

त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी भेला गर्दा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १०:२३