२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सर्वसाधारणलाई छिमेक लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२७ फागुन, काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी चोलराज शर्मा जोशी र अभय बहादुर शाहको नाममा रहेको सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

चोलराज शर्माको नाममा रहेको ५० हजार कित्ता सेयर र अभय बहादुरको नाममा रहेको १९ हजार कित्ता गरी कुल ६९ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सो सेयरको न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति वा संघ संस्थाहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले तोकेको मूल्य वा सो भन्दा बढीमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर थापाथलीमा बुझाउन कम्पनीले भनेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १०:०९