१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

नबिल बैंकद्वारा ‘दिगो आवास कर्जा’ योजना सार्वजनिक

१५ फागुन, काठमाडौं। नबिल बैंक लिमिटेडले वातावरणमैत्री तथा दिगो घर निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘दिगो आवास कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको यस कर्जा अन्तर्गत वार्षिक ब्याजदर ५.९९ प्रतिशतदेखि सुरु हुनेछ। साथै, सेवा शुल्क कम्तीमा ०.५ प्रतिशत रहने बैंकले जनाएकाे छ।

यस योजनामार्फत सस्तो तथा जिम्मेवार वित्तीय व्यवस्थापनको सुविधा प्रदान गर्दै वातावरणमैत्री घर निर्माणमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको जनाएकाे छ। सौर्य ऊर्जा जस्ता दिगो प्रविधि प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकले यस योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएकाे छ ।

थप जानकारीका लागि बैंकको सम्पर्क केन्द्र ०१–५९७००१५ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति : 12:16