काठमाडौँ उपत्यकाका १५ कांग्रेस उम्मेदवारले सार्वजनिक गरे भिजन १०
१४ फागुन, काठमाडौं । काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र भिजन १० सार्वजनिक गरिएको छ ।
आज काठमाडौंमा एक कार्यक्रम गरेर आफ्नो साझा प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन्। प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।

प्रकाशित मिति : February 26, 2026 at 5:46 pm









