एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
१४ फागुन, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँच वर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गर्नुभएकाे छ ।
उहाँले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे। पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज सार्वजनिक गर्नुभएकाे हाे । उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गर्नुभयाे ।
गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उहाँको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १७:१५










