२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

विदेशी मुद्रासहित विमानस्थलबाट स्वीडिस नागरिक पक्राउ

१३ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना पक्राउ परेकि छिन्। लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय र स्विडेन ४३ हजारसहित स्वीडिस नागरिक ५१ वर्षीया कुञ्चोक खाण्ड्रो पक्राउ परेकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

प्रकाशित मिति : February 25, 2026 at 1:54 pm