१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

गोर्खाज फाइनान्सको १२ हजार कित्ता सेयर बिक्रीमा

१० फागुन, काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कुल १२ हजार ३७ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित लिखित जानकारी गराउनु पर्नेछ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ०९:१७