२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

राष्ट्रपति भेट्न शीतल निवास पुगे योगेश भट्टराई

२ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। भट्टराईले आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुभएको हो । भेटपछि सामाजिक सञ्जाल फेसबुमा लेख्दै भट्टराईले भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिका खेलेकोप्रति राष्ट्रपतिलाई धन्यवाद दिएको बताउनुभएको छ

उहाँले लेख्नुभएको छ ‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान ।’ साथै, उहाँले राष्ट्रपतिबाट प्रेरणादायी सल्लाह तथा सुझाव पाएको भन्दै आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : 16:34