अष्ट्रेलियन क्रिकेट (भेट्रान-४०)को राष्ट्रिय टिममा दिपक क्षेत्री
अष्ट्रेलिया । अष्ट्रेलिया नेपालीहरु संख्या बढे संगै यहाका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेका छन् ।
यसै क्रममा नेपाल प्रिमियर लिगको काठमाडौं गोर्खाजका म्यानेजर दिपक क्षेत्री अष्ट्रेलियाको ४० बर्ष माथीकाहरु भेट्रान टिममा समेटिएका छन् । आगामी अप्रिल १-१२ सम्म दुवईमा हुने प्रतियोगिताको टिम ए मा क्षेत्रीलाई समावेश गरिएको छ ।
एडिलेड युनिभर्सिटीका समेत खेलाडी रहेका क्षेत्री गत महिना एडिलेडमा सम्पन्न अष्ट्रेलियाका राज्यहरु विचको भेट्रान क्रिकेटमा साउथ अष्ट्रेलियाबाट उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । प्रतियोगिताको फाईनलमा न्यु साउथ वेल्सलाई हराउदै साउथ अष्ट्रेलिया बिजयी भएको थियो । सोहि खेलमा क्षेत्रीको उत्कृष्ट प्रदर्शन पछि व्रिसवेनको टिमले जुलाईमा हुने अष्ट्रेलियाका फ्रेन्चाईज भेट्रान लिगका लागि अनुबन्धन समेत गरेको छ ।
२००८ देखी साउथ अष्ट्रेलियाको विभिन्न क्लवहरुमा क्रिकेट खेलेका क्षेत्रीले २०११/२०१२ मा एडिलेड विश्वविद्यालयको लागि पहिलो श्रेणीको प्रिमियर क्रिकेटमा डेब्यू गरेका थियो । भने एडिलेड विश्वविद्यालयको लागि दोस्रो श्रेणीको प्रिमियरशिप कप्तान भएका क्षेत्री हाल साउथ अष्ट्रेलिन क्रिकेट एशोशियसन अन्तर्गत एडिलेड विश्वविद्यालय क्रिकेट क्लबको लागि दोस्रो श्रेणीको प्रिमियर क्रिकेट खेल्दै हुनुहुन्छ। पछिल्लो दिनहरुमा क्रिकेट प्रशिक्षणमा समेत क्रियाशिल क्षेत्री दोस्रो तहका प्रशिक्षण हुन् ।
क्षेत्री अष्ट्रेलियाको ४० बर्ष माथीकाहरु भेट्रान टिमहरुको राष्ट्रिय टिममा समेटिनु नेपाली समुदायबाट क्रिकेट क्षेत्रमा प्राप्त सबै भन्दा उच्च उपलब्धि रहेको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १८:४१










