कतिमा भयो रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको पहिलो कारोबार ?
४ फागुन, काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ। सोमबार स्पेशल प्रि ओपन सेसनमा यी दुबै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। गत फागुन १ गते यी दुबै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएको थियो।
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ११:०५










