नुवाकोट नेकपामा पहिरो, दुप्चेश्वर–१ का वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश
३ फागुन, नुवाकोट। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ। दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
तामाङले आफ्ना करिब पाँच सयभन्दा बढी समर्थक र कार्यकर्ता एमाले प्रवेश गरेको गराउने बाचा व्यक्त गरे । “काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता बद्री मैनाली नै हुनुहुन्छ,” भन्दै उनले नेकपा छाडेर एमाले रोजेको बताएका छन्।
तत्कालिन माओवादी एवं नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नेताहरूले नुवाकोटमा उल्लेखनीय काम गर्न नसकेको भन्दै आत्मग्लानि व्यक्त गरे। अबको निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनाली लाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको तामाङले बताए।

बद्री मैनाली २ तिहाई मतले जित्नुहुन्छ । त्यो आधार देखेर म बहालवाला वडा अध्यक्ष समेत एमाले प्रबेश गरेको हुँ । उहाँ जित्नु भनेको नुवाकोटको जनता जित्नु हो । नुवाकोट बनाउने हुटहुटी बोकेको जनताको प्रतिनिधि नै बद्री मैनाली मात्र भएको सिताराम तामाङले बताए ।
एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। तामाङसँगै दुप्चेश्वरबाट जेनजी पुस्ताका राजेश तामाङ पनि एमाले प्रबेश गरेका छन् । जनताबीच लोकप्रिय बन्दै गएका मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या हजार नाघेको दाबी गरिएको छ।
यसअघि पनि नेपाली कांग्रेस र नेकपाबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए। ककनी गाउँपालिकामा ‘जेनजी प्रोटेस्ट’मा सहभागी सयौं युवाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा एमाले उत्कृष्ट र स्पष्ट भिजन भएको पार्टी भएको उल्लेख गर्दै नुवाकोटको विकासका लागि मैनाली नयाँ र काम गर्ने अनुहार भएको भन्दै एमाले रोजेका थिए।
एमाले प्रवेश गरेका तामाङले दुप्चेश्वर क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन्।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार २०:४६










