३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

‘हामी तीन भाई’को मार्मिक लिरिकल गीत ‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’ रिलिज

३ फागुन, काठमाडौं । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को लिरिकल गीत रिलिज भएको छ। महाशिवरात्रीको दिन पारेर निर्माण टिमले फिल्मको मार्मिक गीत‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’गीत रिलिज गरेको हो।

गीतलाई बाबुल गिरीले गाएका छन् भने संगीत पनि उनैको छ। गीतले आफ्नो दुख बेदना र संघर्षको कथालाई सुनाउँछ। आफ्नो दुःख कष्ट अरुले पाको भए सायद भगवान पनि रुन्थेँ भन्ने भाव गीतले भन्नछ। गीत निकै मार्मिक रहेको छ। सायद यो गीतले फिल्मको केहि कथा भन्न खोजिएको छ।

मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

यो फिल्म प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पार्श्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। यस फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १६:३६