२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

अर्थमन्त्रीलाई सेयर बजारको चुनौति, बजार खुले लगत्तै ३ प्रतिशत घटेको बजार निरन्तर अोरालो


१२ चैत, काठमाडौँ । सेयर बजारले अर्थमन्त्री डा युवराज खतिवडालाई चुनौति दिएको छ । खतिवडा अर्थमन्त्री भएदेखि नै निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार बजार खुलेको ४० मिनेटमा सुचक ३ प्रतिशतले झरेपछि नेपाल स्टक एक्सचेञ्जले १५ मिनेटलाई कारोबार नै स्थगित गरेको छ ।

बजार ११ बजेर ५५ मिनेटबाट सुचारु भएको भए पनि घट्न क्रम रोकिएको छैन । बिराटनगर पुगेर आइतबार अर्थमन्त्री खतिवडाले सेयर बजारको उतार चढाव सामान्य भएको बताएका थिए । उनले लहडमा सेयर बजारमा लगानी नगर्न आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १२:४१