३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

यो साता दुई दिन मात्रै सेयर बजार खुल्ने

३ फागुन, काठमाडौं । यो साता २ दिन मात्रै सेयर बजार खुला हुने भएको छ । ५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेका कारण २ दिन मात्रै बजार खुल्ने भएको हो । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो ।

फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन सेयर बजार बन्द रहनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०९:५६