२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

अभिभावक र विद्यार्थीहरुका एडिलेड वरिपरि भ्रमण गराइदै

एडिलेड । विद्यार्थी र नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरूका लागि साउथ अष्ट्रेलियाका एडिलेड वरिपरि रहेका पर्यटकिय स्थलहरुमा एकदिने निःशुल्क अवलोकन भ्रमण आयोजना हुने भएको छ ।

राईनो क्रिकेट क्लव एडिलेडका अध्यक्ष समेत रहनु भएका समाजसेवी हेम श्रेष्ठले भ्रमण कार्यक्रम आयोजना गर्न लाग्नु भएको हो । माउन्ट लोफ्टी, भिक्टर हार्बर, क्लेल्याण्ड वन्यजन्तु पार्क, ह्यानडोर्फ, माउन्ट बार्कर र मरे ब्रिजको भ्रमण गराइने श्रेष्ठले बताउनु भयो । उहाले अभिभावकहरु परिवार संग घुमे पनि यहा बनेका साथी भाईहरु संग घुम्न नपाउनु भएको हुन सक्ने र  नव आगन्तुक विद्यार्थीहरुले पनि विविध कारणले घुम्न नपाएको पनि हुन सक्ने भएकाले आफुले भ्रमणको आयोजना गरेको बताउनु भयो ।उहाले तोकिएबमोजिमको फारम भरे पछि त्यस मध्यमा पहिलो प्राथमिकता अभिभावकलाई दिने र माग बढि भए अर्को पटक गरेर भए पनि नव आगन्तुक विद्यार्थीहरु समेतलाई भ्रमण गराउने बताउनु भयो ।

नेपालको झल्को आउने निकै स्थानहरु रहेको बताउदै उहाले सहभागीहरुले भव्य मनोरञ्जन लिदै नयाँ ठाउँ चिन्ने अबसर पाउने बताउनु भयो । भ्रमण मार्चको शनिवार हुने र त्यसको पुर्ण बिवरण केहि दिनमा सार्वजनिक गर्ने समेत श्रेष्ठले बताउनु भयो ।

थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ भने सहभागी हुन इच्छुकले EOI फाराम https://forms.gle/sUh5gxt3tMtb1iNv6 भर्न सक्नेछन्।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार ११:२२