१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

शिवम् सिमेन्टको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

१ फागुन, काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले  ३५ करोड ७० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

याे अवधिमा कम्पनीको बिक्री आम्दानी भने केही घटेको छ । अघिल्लो आवमा ३ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको बिक्री आम्दानी घटेर ३ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिमा १० करोड ८२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको खर्च ४४ करोड ६४ लाखबाट घटेर ३५ करोड ६६ लाखमा सीमित बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ३२ करोड र कुल चालु दायित्व २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ र तरलता अनुपात १.५२ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ११:२३