जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो कर्मचारी
१ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ५८ जनाका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायकसहित ५८ जनाका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता पुगेका इच्छुकले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १०:३६








