२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

स्रोत नखुलेको १३ लाखसहित सप्तरीबाट एक जना पक्राउ

२५ माघ, सप्तरी । स्रोत नखुलेको नगदसहित बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका-४ बस्ने २३ वर्षीय हरीशंकर कुमार साह रहेका छन् । आइतबार दिउँसो प्रहरीले स्रोत नखुलेको नगद १३ लाख रूपैयाँसहित उनलाइ पक्राउ गरेको हो ।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१- ००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : February 8, 2026 at 5:45 pm