२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका ओलीबीच भेटवार्ता भएको हो । एमाले नेताहरू सरकारले चुनाव गराउनेमा सशंकित देखिएको समयमा भएको प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १३:५६