गरिमा क्यापिटलले म्युचुअल फण्ड जारी गर्ने, बोर्डबाट पायो अनुमति
२१ माघ, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले म्युचुअल फण्ड जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गरिमा सुवर्ण योजना नामक सामूहिक लगानी कोष जारी गर्न अनुमति दिएको हो ।
यससँगै अब कम्पनीले रु. १० अंकित दरका १० करोड इकाई जारी गर्नेछ । यो खुलामुखी योजना हो । योजना व्यवस्थापक तथा बिक्री प्रबन्धकको रुपमा गरिमा क्यापिटल रहेको छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १८:१०







