२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कहिले हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

२१ माघ, काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड अर्को साता गर्ने तयारी गरी रहेको हो ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुने हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ८३ हजारले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् ।भने साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १३:३२