कालिञ्चोक दर्शनकाे नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति ?
२१ माघ, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १५२.६८ प्रतिशत बढी हाे। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा १ कराेड २ लाख रूपैयाँबाट बढेर १ कराेड ४९ लाख रूपैयाँ पुगेकाे छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:०८







