१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

ङादी ग्रुपसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन नेप्से १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ९९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एसवाइ प्यानल नेपालको ५२ करोड २९ लाख ५४ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख २ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको ४४ करोड ६२ लाख ८५ हजार रुपैयाँ र राधी विद्युत कम्पनीको ४३ करोड ३० लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १५:२२