७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

१५ माघ, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । याे गत आवको पुस मसान्तसम्मको तुलनामा २६.१२ प्रतिशतले कम हो ।

खुद ब्याज आम्दानी भने ६.०४ प्रतिशतले बढेर १० अर्ब ४६ करोड ५ लाख २५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ८६ करोड ४३ लाख ४७ हजार रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि ८.५१ प्रतिशतले वृद्धि भई ७७ करोड ७५ लाख ७६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा भने केही घटेर ३.९० प्रतिशतमा झरेको छ, जुन गत वर्ष ४.९० प्रतिशत थियो। बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ९६ लाख ७८ हजार ६२८ रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँबाट घटी ९.८९ रुपैयाँमा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ३७ पैसा रहेको छ।

प्रकाशित मिति : January 29, 2026 at 11:29 am