९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

१८३.०४ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

१४ माघ, काठमाडाैं ।नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा भने ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा २ अर्ब ५२ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज चालु आवको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।

प्रकाशित मिति : January 28, 2026 at 10:55 am