ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आह्वान
१२ माघ, काठमाडाैं । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यही माघ १९ गते काठमाडाैंकाे भगवतीबहालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बाेलाउने निर्णय गरेको हो ।
यसअघि गत माघ २ गते तय भएको कम्पनीको १६ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ०९:५४






