७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रभु बैंकको ७ लाख २७ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

११ माघ, काठमाडौं । प्रभु बैंक लिमिटेडले केही कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट  कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : January 25, 2026 at 10:25 am