४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

केपी ओली हराउन हिँडेका बालेन शाह सुजन कडरियाको टेस्लामा हुइँकिएपछि…

१० माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चढेको ल्याण्डरोभरको विवाद अन्त्य नहुँदै नेकपा एमालेकै युवा नेता डा सुजन कडरियाको गाडीमा हुँइकिनुभएको छ ।

सात दिनपछि काठमाडौँ फर्किनुभएको बालेन शाह कडिरयाको टेस्ला चढेर त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएको हो । बालेन सुजनको टेस्ला चढेर बाहिरिदैँ गर्दा एमालेको तर्फबाट चियो बुझ्न गएका केही युवा भने ट्वाँ परेर फर्किएका छन ।

dainiki.com

पूर्वी पहाडमा यात्रा गर्दा बालेनले विवादित व्यापारी कमल मालपानीको गाडी चढेको भनेर विवाद भैरहेको थियो । यही मेसोमा बालेनले काठमाडौँ आउने बित्तिकै कडरियाको टेस्लामा यात्रा गर्नुभएको हो  । बालेनलाई लिन कडरियाको माइलो भाइ सुशील कडरिया बागमती प्रदेश ४४०६ नम्बरको टेस्ला लिएर विमानस्थल पुग्नुभएको थियो ।

बालेन झापा ५ मा केपी शर्मा ओलीसँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रारम्भिक अनुमानहरूमा भारी मतान्तरमा बालेनले चुनाव जित्ने तथ्यहरू बाहिर आइराख्दा निराश बनेर आन्दोलन नै पो गर्नुपर्छ कि भन्ने मानसिकतामा पुग्नुभएको ओलीका लागि थप आघात पर्ने गरी अब एमाले नेताकै गाडीमा बालेन हिडिरहेको खबरले थप समस्या हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार २१:१२