२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

मन्जुश्री फाइनान्सद्वारा ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

२ माघ, काठमाडाैँ । मन्जुश्री फाइनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। यो सेवा मन्जुश्री फाइनान्सका ग्राहकहरूले मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप मार्फत सजिलै प्रयोग गर्न सक्नेछन्।

मन्जुश्री भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले फोनपेका कुनै पनि मर्चेन्ट क्युआरमा सहजै भुक्तानी गर्न सक्ने सुविधा पाउनेछन्। आफ्नै मोबाइलमै रहने यो भर्चुअल कार्डबाट ग्राहकले आफूले खर्च गरेको रकमको विवरण तुरुन्तै हेर्न सक्नेछन्।

यस कार्डको प्रमुख विशेषता भनेको न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट सुविधा उपलब्ध हुनु हो। ग्राहकले तोकिएको क्रेडिट कार्ड लिमिटभित्र रही रकम प्रयोग गर्न सक्नेछन् र क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ।

मन्जुश्री फाइनान्सले यो भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक वित्तीय सेवा प्रदान गर्ने विश्वास लिएको जनाएको छ।

हालसम्म करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको मन्जुश्री फाइनान्सले २७ वटा शाखा तथा एक विस्तारित काउन्टर मार्फत देशभर सेवा प्रदान गर्दै आएको छ। फाइनान्सले हाल १ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहक लाई सेवा दिँदै आइरहेको छ।

मन्जुश्री फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्ने फाइनान्स कम्पनीहरूमध्ये पहिलो बनेको दाबी गर्दै यस सेवालाई नवीन र प्रविधिमैत्री सुविधाको रूपमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति : January 16, 2026 at 10:24 am