नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने
२५ पुस, काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने छ ।
बैंकका अनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको काम सुरु हुनेछ । उक्त कार्य शनिबार बिहान ९ः४५ बजे सम्पन्न हुने बैंकले जनाएको छ । यस अवधिमा नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू बन्द रहने भएको हो ।
बैंकले सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १२:२७








