एमाले नुवाकोटको जिल्ला कमिटीमा २१ सदस्य मनोनित
२३ पुस, काठमाडाैँ । नेकपा (एमाले) नुवाकोटको जिल्ला कमिटीमा २१ जना मनोनित भएका छन । जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकबाट २१ जना सदस्य मनोनित गरिएको जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो ।
उहाँले मनोनित जिल्ला कमिटी सदस्यहरूको मनोनयनसँगै सपथ पनि भएको बताउनुभयो । बैठकले शेषमान लामा, अनुजकुमार श्रेष्ठ, विकल्प पाठक, सीताराम थापा, रामकुमार प्याकुरेल, सनी चित्रकार, पशुपति लोहनीलाई मनोनित गरेको छ ।

साथै एकराज घले, मनोज उप्रेती, रमेश वस्ती, विष्णु श्रेष्ठ, भरत गजुरेल, शिवराम गौतम, नानीकाजी खड्का, सोभियतराज पाठक, शिवराम दाहाल, मानबहादुर लामा, उत्तम अधिकारी, राजेन्द्र गजुरेल, भोजराज पुडासैनी र नरेन्द्र तिमल्सेना पनि जिल्ला कमिटीमा मनोनित हुनुभएको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १३:०९








