७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चन्दा माग्नेले हैरान पारेको चेम्बर पदाधिकारीको गुनासो


११ चैत, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले चन्दा माग्नेहरुले हैरान बनाएको बताएका छन । आइतबार गृहमन्त्री रामबहादुर थापासँग भेटेरै उनीहरुले चन्दा माग्नेहरुका विरुद्धमा गुनासो गरेका हुन ।

व्यवसायीहरुले भने ‘चन्दा मागेर, धम्की दिएर हामीलाई हैरान पारे कसरी व्यवसाय गर्नु ?’ व्यवसायीको कुरा सुनिसकेपछि मन्त्री थापाले त्यस्तो चन्दा माग्ने समूहको सूचना दिन आग्रह गरेका थिए । थापाले त्यस्ता समूहको सूचना दिए कारबाही गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १७:५४