सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ३८ हजार बढी आवेदकको हात खाली
२२ पुस, काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँड कम्पनीले पुस ९ देखि १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएकोमा ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी ७ जनाको आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको थियाे ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ६ हजार ८९६ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येबाट १० जनाले थप १/१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १२:४८








