७ मंसिर २०८३, आइतबार | Mon Nov 23 2026

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

२१ पुस, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका राम कृष्ण खतिवडा एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएकाे छ । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गर्नुभएका खतिवडाले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव हासिल गर्नुभएकाे छ ।

उहाँ वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँ यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरिसकेका व्यक्ति हुनुहुन्छ ।

प्रकाशित मिति : January 5, 2026 at 6:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/