२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा

२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहनुभएका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा ओलीको स्थान हद फुकुवा भएको जानकारी छ । ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १४:२८