२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एडिलेडमा तमु ल्होसार विशेष कार्यक्रम हुदै

एडिलेड । तमु घी साउथ अष्ट्रेलियाको आयोजनामा डिसेम्वर ३० मंगलवार तमु ल्होसार पर्वको उपल्यक्षमा एडिलेडमा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

स्थानिय उडभिल टाउनहलमा साझ ५ बजेबाट ९ बजे सम्म विविध कार्यक्रम हुने तमु घी साउथ अष्ट्रेलियाकी सचिव अनिता गुरुङले बताउनु भयो |

साझको ५ बजे बाट शुरु हुने सास्कृतिक कार्यक्रम सहितको औपचारिक कार्यक्रममा विविध तमु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ | भने समापन कार्यक्रममा नेपाली खाना खुवाईने भएको सचिव गुरुङले जानाउनु भयो ।

सचिव गुरुङले प्रवासमा तमु संस्कृतिको संरक्षण गर्दै नेपाली पहिचानलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

गुरुङले शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ, अनि परम्परा हराए मानिस नै हराउछ भन्ने कार्यक्रमको मुल नारा रहेकाले नै प्रवासमा संस्कृति परम्परा संरक्षणका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो 

उहाले पछिल्लो समय यहा जन्मे हुर्केका नया पुस्ता मात्र है उच्च शिक्षा शहरमा अध्ययन गरेर अष्ट्रेलिया आएका भाई बहिनीहरुमा पनि परम्परा वारे भरपुर जानकारी नभएको समेत पाईएकाले त्यसका लागि पनि  कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

तमु घी साउथ अष्ट्रेलियाको अध्यक्ष सिमा गुरुङले एडिलेडमा रहेका नेपाली समुदायलाई स-परिवार कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्दछ । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन चलिआएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ । गुरुङ बाहुल्य गण्डकी क्षेत्रमा सूर्यको किरण पहिले आउने भएकाले विक्रम संवतको पुस १५ मा यो पर्व मनाउने चलन चलिआएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले यस पर्वको महत्वका रुपमा लिने गरिएको छ ।

प्रकाशित मिति : December 28, 2025 at 4:54 am