एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त
१० पुस, काठमाडाैँ । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त हुनुभएकाे छ । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नुभएका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ ।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकाे छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै सफलताको उचाइ लिने विश्वास बैंकले गरेकाे छ ।
यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले पुस ६ गते स्वीकृत गरेको थियो ।
प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १६:२५












