३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

यस्तो पो संघीयताः पेट्रोलियम पदार्थ बिक्री गर्न नगरपालिकाको अनुमति लिनुपर्ने


११ चैत, मोरङ । कतिपय स्थानीय तहहरुले सिंहदरबार कै शैली अपनाएर आफ्नो क्षेत्रमा काम गरिरहेका छन । त्यस्तैमा एक हो मोरङको रतुवामाई नगरपालिका ।
नगरपालिकाले पेट्रोलियम पदार्थ बिक्री गर्न नगरपालिकाको कार्यालयको सिफारिश अनिवार्य गरेको छ । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएको ४ वटा पम्पहरुलाई नगरपालिकाको सिफारिशका आधारमा मात्र पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न निर्देशन दिएका छन ।

नगरपालिकाको यस्तो व्यवस्थासँगै स्थानीयहरुले सास्ती भोग्नु परेको छ । नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएका कारण तस्करी बढेकाले त्यस्तो व्यवस्था लागू गरिएको नगर प्रमुख राईले बताएका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १६:५३

https://srdb.com.np/