सुहाङ नेम्वाङद्धारा केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता
२९ मंसिर, काठमाडौँ । सुहाङ नेम्वाङले नेकपा (एमाले)काे केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
केपी शर्मा ओली पक्षले प्यानलमा नराखेपछि सुहाङले स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएको हो ।
सुहाङ एमालेका दिवंगत नेता सुभाषचन्द्र नेम्वाङका सुपुत्र हुनुहुन्छ । इलाम २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ एमालेबाट विजयी बन्नुभएको थियो ।
नेम्वाङले खुल्लातर्फको क्लष्टरमा उम्मेदवारी दिनुभएको हो ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १८:१२












