२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ओली प्यानलबाट अनुशासन र लेखा आयोगका अध्यक्षको टुंगो लाग्यो

२९ मंसिर, काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा ओली पक्षबाट अनुशासन आयोगको अध्यक्षमा काशीनाथ अधिकारी उम्मेदवार बन्ने पक्का भएको छ ।

अध्यक्ष ओलीले तयार पारेको प्यानल लिस्टमा अधिकारीको नाम अनुशासन आयोगको अध्यक्षमा राखिएको छ ।

यस्तै, लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेललाई अगाडि सारिएको छ । धादिङका कँडेल यसअघि पनि अनुशासन आयोगको अध्यक्ष हुनुहुथ्यो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १२:१८