२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

अब बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज असुली कर्जा पुनर्संरचना गर्न पाउने

२९ फागुन, काठमाडौं। बैंक तथा वित्तीय संस्थाले अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको अनुरोधमा ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न पाउनेछन् ।

यस्तो कर्जा पुनर्संरचना अगामी असार मसान्तसम्म गरिसक्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । साथै यसरी पुनर्संरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ, कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

प्रकाशित मिति : March 13, 2026 at 3:26 pm