२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एडिलेडमा पदयात्रा र खेलाडी सम्मान सहित टोपी दिवस मनाईदै

एडिलेड । प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाले ईस्वी संवतको नयाँ बर्ष २०२६ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा पदयात्रा तथा खेलाडी सम्मान आयोजना गर्ने भएको छ ।

मञ्चका अध्यक्ष  चन्द्र कुवरले स्थानिय जोन मिलर रिजर्भबाट पदयात्रा शुरु गरेर एडिलेडको मुख्य बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन गरिने बताउनु भयो । जनवरी १ साझ ५.३०  वजे पद यात्रा शुरु हुने कुवरले जानकारी दिनुभयो । उहाले पदयात्रा पछाडी आयोजित कार्यक्रममा नेपालको मान्यता प्राप्त खेलहरुको राष्ट्रिय टिममा रहेर खेलेकी पुर्व तथा बर्तमान खेलाडीहरु जो हाल साउथ अष्ट्रेलियालाई कर्म थलो बनाएका व्यक्तिहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक हेम खनालले टोपी दिवसको पदयात्रा मार्फत साउथ अष्ट्रेलियामा नेपाललाई चिनाउने र नेपालको पर्यटन उधोगको विकासका लागि समेत सहयोग पुराउने मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाले अष्ट्रेलियमा हुर्केको नयाँ पुस्तालाई नेपालको सांस्कृतिक पहिचान वारेमा साक्षात्कार गराउने पनि मञ्चको उद्देश्य रहेको बताउनु भयो ।

मञ्चका सचिव बिकास चापागाईले गत विद्यावारिधि उपाधी प्राप्त व्यक्तित्वहरुको सम्मान गरिएको बताउदै यस बर्ष खेलाडीहरुको सम्मानले सम्वन्धीत खेलाडी मात्र नभएर नेपाली समुदायमा नै थप उर्जा दिने विश्वास लिएको बताउनुभयो 

सचिव चापागाईले यसका लागि एडिलेडवासी नेपालीहरुलाई पदयात्रामा सहभागी हुदा संभव हुने उमेर समुहका बालबालिकाहरुलाई पनि सहभागी गराउन अनुरोध गरिएको बताउनु भयो ।

आयोजकहरुले सांस्कृतिक विविधताले भरिएको नेपाली समाजका सदस्यहरुलाई संभव हुनेहरुले आफ्नो मौलिक राष्ट्रिय पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : December 12, 2025 at 11:33 am