२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

युनियन हाइड्रोसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.५३ अंकले घटेर २६४४.७० को बिन्दुमा बन्द भएको छ ।  मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ। १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो । यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३१ करोड ८१ लाख रुपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै, यस दिन माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँ,ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ११ करोड ११ लाख रुपैयाँ, यूनाइटेड मोदी र हिमालयन रिको १० करोड ६९ लाख रुपैयाँ सेयर कारोबार भएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १५:१०