२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१५ मंसिर, काठमाडाैं ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुमति पाएको छ।

सोमबार उच्च अदालत पाटनले तीन जनामाथि न्यायाधीश गीताप्रसाद तिम्सिनाको इजलासले बैंकिङ कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हाे । सिआइबीले आइतबार शेरचनसहित डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : December 1, 2025 at 5:37 pm