२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

लाभांश पारित गर्दै आरएसडीसी लघुवित्तको साधारण सभा सम्पन्न

१२ मंसिर,काठमाडौँ । आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रा .लि .मा कम्पनीको सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभामा गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १६:३६