२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

१२ मंसिर, काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजिनक निष्कासन (आईपीओ) जारी गर्ने भएकाे छ ।  कम्पनीले आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासनको लागि १० मंसिरमा कम्पनीले बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष श्रीमती मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १४:५४