७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

६ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

१२ मंसिर, काठमाडाैं । ६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई रहेका छन् ।

बानियाँलाई बिहीबार भद्रकालीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयाे । उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप छ। उनीमाथि अनलाइन ठगीको समेत आरोप छ। अहिले प्रहरीले शाहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : November 28, 2025 at 1:19 pm