२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

९ मंसिर, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १६:४१